उपहार गोलमा लिभरपुलकाे जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा लिभरपुलले अजाक्समाथि कठिन जित हात पारेको छ।

समूह डी मा रहेको प्रिमियर लिग क्लब लिभरपुलले अवे मैदानमा भएको खेलमा डच क्लब अजाक्सलाई १–० ले हराएको हो।

निकोलस ट्यागलियाफिको आत्मघाति गोल लिभरपुललाई च्याम्पियन्स लिगको पहिलो खेलमा जित दिलाउन पर्याप्त रह्यो। उनले ३५औँ मिनेटमा आत्मघाती गोल गरेका हुन्। 

साडियो मानेको क्रसलाई विफल बनाउन खोज्दा ट्यागलियाफिकोले आत्मघाति गोल गर्न पुगे।

चोटका कारण लिभरपुलका मुख्य डिफेन्डर भर्जिल भान डिजिक बिनै लिभरपुल मैदान उत्रिएको थियो। 

लिभरपुलले समूह चरणको खेलमा एटलान्टा र मिडजिलेन्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2020-10-22 07:01:00

प्रतिकृया दिनुहोस्