हैदराबादसँग राजस्थान ८ विकेटले पराजित

मनिष पान्डे र विजय शंकको अविजित साझेदारीमा इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बिहीबार सम्पन्न राति खेलमा सनराइजर्स हैदराबादले ८ विकेटकाे जित हात पारेकाे छ।

राजस्थान रोयल्सले दिएकाे १ सय ५५ रनको मध्यम लक्ष्य हैदराबादले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेकाे हाे।

हैदराबादका मनिषले सर्वाधिक ८३ रन बनाए। यता शंकले ५२ रन बनाए। पान्डेले ४७ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। शंकरले ५१ बलमा ६ चौका प्रहार गरे।

उनीहरुबीच तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी भएकाे थियाे।

कप्तान डेभिड वार्नर ४ रन र अर्का ओपनर जोनी बेयरस्टो १० रनमा आउट भए। 

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनाएकाे थियाे।

राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए। 

दोस्रो विकेटका लागि स्टोक्स र स्यामसनले ५६ रनको साझेदारी गरेका थिए। २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

यता स्टोक्सले ३२ बलमा २ चौका प्रहार गरे।

यस्तै रियान परागले १२ बलमा २ चौका र १ छक्कासहित २० रन जोडे। यता कप्तान स्टिभ स्मिथले १५ बलमा २ चौका प्रहार गर्दै १९ रन जोडे।

रोबिन उथप्पा १९ रनमा आउट भए। उथप्पाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। 

जोफ्रा आर्चर १६ रनमा अविजि रहे।  आर्चरले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे। जोस बट्लरले ९ रन बनाए। 

जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। राशिद खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। विजय शंकरले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए।

प्रकाशित मिति: : 2020-10-22 23:10:00

प्रतिकृया दिनुहोस्