रोमाद्वारा योङ ब्वाइज पराजित

युइएफए युरोपा लिगमा अन्तर्गत बिहीबार राति भएकाे खेलमा इटालियन क्लब रोमाले स्वीस क्लब योङ ब्वाइजमाथि २–१ को जित दर्ता गरेको छ।

रोमाले योङ ब्वाइजमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित हात पारेको हो। 

जिन पिएरेको पेनाल्टी गोलमार्फत योङ ब्वाइजले अग्रता लिएको थियो।

६९औँ मिनेटमा रोमाका ब्रुनो पेरेसले बराबरी गोल फर्काए। तर ७४औँ मिनेटमा मारस कुम्वुलाले गोल गर्दै रोमालाई २–१ को जित दिलाए।
 

प्रकाशित मिति: : 2020-10-23 06:42:00

प्रतिकृया दिनुहोस्