भीरको बाटोमा हातखुट्टा टेकेर सुरक्षा गस्ती

देशसञ्चार

काठमाडाै‌

हिल्सा – उत्तरी क्षेत्रका सीमा स्तम्भहरुको सुरक्षाका लागि गस्तीमा जाने सुरक्षाकर्मीहरुले ज्यानको जोखिम उठाउनु परेको छ। गोरेटो बाटो पहिरोमा पुरिएपछि बाटो नहुँदा अप्ठ्यारो भीरबाट यात्रा गर्नुपरेको हो।

हप्ताको एक पटक हिल्साबाट किट क्षेत्रमा रहेका सीमा स्तम्भहरुको निरीक्षण गर्न गस्ती जाँदा सुरक्षाकर्मीलाई भीरको बाटोमा ज्यानको जोखिम उठाएर जानु पर्ने बाध्यता रहेको सीमा सुरक्षा पोष्ट हिल्साका सशस्त्र प्रहरी नायव निरीक्षक इस्वरीराज न्यौपानेले बताए ।

तल दुई देशको सिमानामा पर्ने कर्णाली नदी किनाराको भीरको बाटोमा आङै जिरिङ्ग गर्ने गरि चारै हात खुट्टा टेकेर गस्ती जानु परिरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-10-23 09:15:00

प्रतिकृया दिनुहोस्