दुई नेपाली चेलीको बेलायतीसँग बिहे गर्ने मन, तर गुमाइन् भएभरको धन

देखापढी

काठमाडौँ
तस्बिर : देखापढी

जङ्‌ग तामाङ

सुन्तली (नाम परिवर्तित) सँग फेसबुकमा डा. जेम्स सोनार/जेम्स एन्डी नामबाट फ्रेन्ड रिक्वेस्ट (साथी हुन अनुरोध) आयो। अनुरोध आएको ठ्याक्कै मिति चाहिँ उनलाई थाहा छैन। 

तर, आएको अनुरोधलाई भने सुन्तलीले थपक्कै स्वीकार गरिनन्। बरु, उनको प्रोफाइलतिर आँखा डुलाइन् र प्रोफाइल हेर्दा लन्डनको नागरिक रहेको थाहा पाइन्। त्यसपछि चाहिँ साथी हुन गरिएको अनुरोध उनले स्वीकार गरिन्। एकापसमा उनीहरू साथी भए।

बेला–बेला उनी डा. जेम्ससँग च्याट गर्न पनि थालिन्। च्याट गर्दै जाँदा अन्ततः डा. जेम्सले नेपाल आएर सुन्तलीसँग विवाह गर्ने भनी उनलाई आवश्वासन दिए। 

उनीहरू फेसबुक च्याटमार्फत एकअर्काबीच नजिकिए। यस्तैमा जेम्सले सुन्तलीलाई “जन्मदिको अवसरमा ‘सरप्राइज गिफ्ट’ पठाइ दिन्छु”सम्म भन्न भ्याए।

नभन्दै “सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको छु” भन्दै ती सामान ‘प्याक’ गरिएको फोटो म्यासेन्जरमा उनले पठाए। 

सुन्तलीले दङ्ग पर्दै फोटो हेरिन् र जेम्सले पठाएको भनिएको सामान देखिन्। त्यसपछि त उनमा खुसीको बहार आयो। यतिसम्म कि त्यसपछि डा. जेम्सले दिएको विवाहको आश्वासनमाथि उनले पूरै विश्वास गरिन्।

एक जना फेसबुकबाट नजिएको लन्डनको नागरिकले एकातिर विवाह गर्ने भन्नु र अर्कातिर विवाहअगावै जन्मदिनको अवसरमा सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको भन्नुुले उनले जीवन बदलिने सपना देखिन्।

प्रकाशित मिति: : 2020-10-23 16:20:00

प्रतिकृया दिनुहोस्