बाबुबाजेको पेसा धानिरहेकी मोतिमाया (भिडिओ)

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

सुजन अधिकारी

कोरोना डरबीच पनि केन्द्रीय राजधानी काठमाडौंलाई यति बेला दसैंको रौनकले छपक्कै छोपेको छ। 

कतिपयलाई थातथलो पुग्ने हतारो छ त कतिलाई किनमेलको चटारो। दसैंको किनमेलमा छुट्दै नछुट्ने वस्तु हो माछामासु। त्यसमा पनि खसीबोकाको मासु दसैंसँगै जोडिएर आउँछ।

अन्य समयमा भन्दा दसैंको पूर्वसन्ध्यामा खसीबोकाको मासुको विशेष महत्व हुन्छ। दसैं कहिले आउला र खसी खाउँला भन्ने त आमजनमानसमा भनाइ नै बनेको छ।

राजधानीवासीलाई खसीबोका खोज्न परपर धाइरहनु पर्दैन। एक त सरकारले आफैं पनि खाद्य संस्थान मार्फत बिक्री-वितरण गर्दै आएको छ। अर्कोतिर उपत्यका आसपासका ठाउँबाट घरमा पालेको खसीबोका बेच्न स्थानीयहरू आफैं ग्राहकसम्म धाउँछन्। 

यसरी धाउनेमध्येका एक व्यापारी हुन्, मोतिमाया बल। उनी काभ्रे, तालढुङ्गाकी स्थायी वासिन्दा हुन्। दसैंले लाली हाल्ने समयमा उनी हरेक वर्ष खसीबोका लिएर उपत्यका आउँछिन्।

प्रकाशित मिति: : 2020-10-24 14:46:00

प्रतिकृया दिनुहोस्