कोलकातासँग दिल्ली पराजित, वरुणले लिए ५ विकेट

स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गरेसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा सानदार जित हात पारेकाे छ।

कोलकाताले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको हो।

जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सक्यो।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ रन बनाए। एयरले ३८ बलमा ५ चौका प्रहार गरे।

 यस्तै ऋषब पन्तले २७ रन जोडे। पन्तले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

उनीहरुबीच तेस्रो विकेटका लागि ६३ रनको साझेदारी भएको थियो।

शिम्रन हिटमायरले १० रन जोडे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

 स्पिनर बरुण चक्रबर्तीले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदै जित पक्का गराए। प्याट कमिन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। लोकी फर्गुसनको नाममा एक विकेट रह्यो।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो। 

कोलकाताका लागि सुनिल नारिन र नितेश रानाले अर्धशतकीय इनिङ्स खेले। रानाले ५३ बलमा ८१ रन बनाए। १३ चौका र १ छक्का सहित ८१ रनको योगदान दिए। 

नारिन ३२ बलमा ६४ रन बनाएर आउट भए। ६ चौका र ४ छक्का सहित ६४ रनको योगदान दिए।

नारिन र रानाले चौंथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए।

एनरिच नोर्कियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। कागिसो रबाडाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। मार्कस स्टोइनिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट हात पारे। 

प्रकाशित मिति: : 2020-10-24 19:58:00

प्रतिकृया दिनुहोस्