प्रविधिमा समान पहुँच

हिमाल खबर

काठमाडौँ
सांकेतिक तस्बिर

शिशिर खनाल

कोरोनाभाइरसको संक्रमण र त्यसबाट उत्पन्न महामारीका कारण भएको विद्यालय बन्दका कारण संसारभर झण्डै ५६ करोड बालबालिका प्रभावित भएका छन्। यो प्रभावमा विद्यालय र विश्वविद्यालय पढ्ने नेपालका करीब ८० लाख विद्यार्थी पनि परेका छन्। 

गत चैतदेखि यति लामो समयसम्म घरैमा बस्न बाध्य विद्यार्थीले औपचारिक शिक्षाको अवसर त गुमाएका छन् नै, उनीहरूमा मनोसामाजिक समस्या पनि देखिएको छ। 

समय–समयमा साना–ठूला विपद्को सामना गरिरहेको नेपालले यतिबेला सम्भावित विपद्को सामना गर्न केही पाठ सिक्नै पर्ने देखिन्छ। यसका लागि मूलतः प्रविधिको पहुँच विस्तार, प्रविधि पहुँचमा असमान अवस्थाको अन्त्य, स्थानीय सरकारहरूको क्षमता वृद्धि, समय अनुसारको पाठ्यक्रम र जनशक्ति व्यवस्थापनमा ध्यान दिनैपर्ने देखिएको छ।  

डिजिटल पूर्वाधार 

लकडाउनले घरैमा बसेका विद्यार्थीलाई वैकल्पिक शिक्षाको व्यवस्था गर्न शिक्षा मन्त्रालय, मानव संसाधन तथा शिक्षा विकास केन्द्र (केन्द्र) ले वैकल्पिक शिक्षाका कार्यविधिको तय गरे पनि ती विधि प्रभावकारी रूपमा सञ्चालन हुनसकेका छैनन्। 

इन्टरनेट, टेलिभिजन र रेडियोको प्रयोगमार्फत हुने शिक्षाका क्रियाकलापहरूमा विशेषगरी सरकारी विद्यालयका विद्यार्थीको पहुँच न्यून देखिएको छ। युनिसेफ नेपालको एक अध्ययनले गरेको अध्ययन अनुसार अगस्टमा वैकल्पिक माध्यमबाट अध्ययन गर्ने विद्यार्थीको रेडियो, टेलिभिजन प्रयोग १० प्रतिशत भन्दा कम देखिन्छ भने इन्टरनेटको प्रयोग २०–३० प्रतिशतको हाराहारीमा मात्र छ। नेपालको वस्तुस्थितिमा यो आफैंमा अनौठो भने होइन। 

नीतिशाला नेपाल र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा गरिएको ‘विद्यार्थी र शिक्षकको प्रविधिमा पहुँच’ सर्वेक्षणले पनि आमसञ्चारका माध्यम र इन्टरनेटको पहुँच निकै कम देखाएको छ। 
 

प्रकाशित मिति: : 2020-10-25 08:01:00

प्रतिकृया दिनुहोस्