कोरोनाले भेन्टिलेटर पुग्दा...

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

विष्णु खड्का

चीनको वुहानमा कोरोना भाइरसको समाचार आउन थालेदेखि कोरोनाबारे अध्ययन गर्ने, समाचार बनाउने र सम्प्रेषण गर्दै आएको थिएँ। जब यो अन्य देशमा फैलिन थाल्यो, नेपालमा पनि वुहानबाट आएका एक जनामा माघको दोस्रो साता कोरोना पुष्टि भयो।

त्यसपछि संघीय संसदको दुवै सदनमा यसबारे छलफलका विषयमा समाचार बनाउदै गएँ। चैत ११ को लकडाउनपछि कोरोना र यसले पारेको बहुआयामिक क्षेत्रबारे तीव्र बहस भयो। म पनि यसबारे समाचार बनाउनेदेखि मास्क र स्यानिटाइजर, पिपिईका बारेमा जनचेतना फैलाउनेदेखि कतिपय स्थानमा वितरण गर्नसम्म सरिक भएँ। यो अभियान चलिरहेकै थियो। 

भदौ मसान्तसम्म आउँदा मैलै तीन पटक पिसिआर परीक्षण गरेँ। सबै रिपोर्ट नेगेटिभ आयो। असोजको पहिला साताको सुरूदेखि मलाई जीउ, हल्का टाउको दुख्ने भयो। त्यसपछि म एकसाता होम आइसोलेसनमा बसेँ।

ज्वरो आउने, मुख सुक्ने, अलिअलि घाँटी र छाती दुख्ने, स्वाद नहुने भयो। त्यसपछि असोज १० गते गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा गएर पिसिआर परीक्षण गरेँ। मलाइ ज्वरो १०३ डिग्रीसम्म आयो। झन् झन गाह्रो हुने, छाति दुख्ने र जीउ गल्ने भयो।

प्रकाशित मिति: : 2020-10-25 15:23:00

प्रतिकृया दिनुहोस्