सनको निर्णायक गोलमा टोटेनहमको जित

टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ।

सोमबार राति भएको खेलमा पाहुना टाेली टोटेनहमले बर्नलीमाथि १-० गोल अन्तरको जित निकालेको हो।

बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे।

उनले ७६ औँ मिनेटमा ह्यारी केनको पासमा निर्णायक गोल गरेका थिए।

जितसँगै ६ खेलमा ११ अंक जोडेको टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ। 

बर्नलीले ५ खेलमा १ अंक जोडेको छ। बर्नली लिगको १८औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-27 08:12:00

प्रतिकृया दिनुहोस्