हैदराबादसँग दिल्ली ८८ रनले पराजित

सनराईजर्स हैदराबादले यूएईमा जारी १३ औँ इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

मंगलबार राति भएकाे खेलमा हैदराबादले दिल्लीलाई ८८ रनले पराजित गरेको हो।

हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड। उनले ३५ बलमा ३ चाैका र एक छक्का हानेका थिए। यता २९ बलमा ३ चाैका र एक छक्का हानेका अजिन्का रहानेले २६ रन बनाए। 

टुसारदेश पाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए। पाण्डेले २ चाैका र एक छक्का प्रहार गरे। यता  हिटमायरले १३ बलमा ३ चाैका हाने।

कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए।

यस्तै सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए। उनीहरुले ४ ओभरमा २७ र २६ रन दिएका थिए।

यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा ओपनर डेभिड वार्नर र ऋद्धिमान शाहको उत्कृष्ट प्रर्दशनमा  हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएकाे थियाे।

हैदराबादका विकेटकिपर समेत रहेका शाहले ४५ बलमा १२ चौका र २ छक्का सहित सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान दिए। 

कप्तान वार्नरले ३४ बलमा ८ चौका र २ छक्का सहित ६६ रनको आक्रामक इनिङ खेले।

पहिलो विकेटका लागि वार्नर र शाहले १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

यी दुई ओपनरबीचको साझेदारी स्पिनर रविचन्द्रन वाश्विनले अक्षर पटेलबाट वार्नरलाई क्याच गराउँदै तोडेका थिए।

मनिष पान्डे ३१ बलमा ४ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे। केन विलियम्सन १० बलमा १ चौका सहित ११ रनमा अविजित रहे।

एनरिच नोर्कियाले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए। रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए। 

कागिसो रबाडाले ४ ओभरमा ५४ रन खर्चिदै विकेट लिन सकेनन्। 

प्रकाशित मिति: : 2020-10-27 23:29:00

प्रतिकृया दिनुहोस्