अहो! महिला सिडिओ...

आयोमेल

काठमाडौँ
तस्बिर : आयोमेल

अनिता श्रेष्ठ

हुमाकला पाण्डे, भक्तपुरका चौथो महिला जिल्ला प्रशासन अधिकारी (सिडिओ) हुन्। 

उनलाई ३६ सिडिओमध्यकै कान्छीभन्दा पनि फरक पर्दैन। 

सारी र कोटमा चिटिक्क परेर विश्व सम्पदास्थल भक्तपुर दरबार स्क्वायर नजिकै रहेको प्रशासन कार्यालयमा आफ्नो कर्तव्य पूरा गर्न आउँछिन् अधिकारी। 

अर्घाखाँचीमा जन्मेकी अधिकारीले स्कुल तहसम्म त्यहीँको विद्यालयमा पढिन्। ११ र १२ कक्षा गुल्मीमा सकेर, काठमाडौं यात्रा तय गरिन्। 
हरेकलाई राजधानी आएर अध्ययन गर्ने ठूलो धोको हुन्छ। त्यही धोको पूरा गर्न उनी काठमाडौं हान्निएकी थिइन्। 

राजधानी आएलगतै महेन्द्ररत्न क्याम्पस ताहाचलमा बिएड पढ्न सुरु गरिन्। 

गाउँबाट भर्खर आएको, सहरको बसाइ कहाँ सजिलो थियो र! 

उनलाई पनि सहज थिएन यो बाटो। जीविका चलाउनैपर्‌यो।

पढाइसँगै काम पनि थालिन्। उनले निजी विद्यालयमा पढाउन सुरु गरिन्। बिहान आफू पढ्ने र दिउँसो बालबालिकालाई पढाउने। 

‘काम गर्दै पढ्न कहाँ सजिलो छ र?,’ अधिकारीले आयोमेलसँग अनुभव बाँडिन्, ‘दुःख त मैले पनि पाएँ। मेहेनत नगरी सफलता कहाँ पाइन्छ?’ 

झट्ट हेर्दा सानै उमेर र शालिन स्वभावको देखिने उनी हरेक प्रश्नको ‘स्मार्ट’ जवाफ दिन्छिन्। 

त्यहि खुबीले होला चार दशकको उमेरमा धेरै उचाइ छोएको। 

सिडिओमात्र नभई उनी अन्य क्षेत्रमा पनि दक्षता हासिल गरेकी व्यक्तित्व हुन्। 

अरू त अरू पढाइमा पनि अब्बल नै छिन्। 


 

प्रकाशित मिति: : 2020-10-28 13:12:00

प्रतिकृया दिनुहोस्