ब्रुनईका राजकुमारको ३८ वर्षमा निधन

एजेन्सी

वासिङ्टन

ब्रुनईका राजकुमार अजिम सुल्तानको निधन भएको छ। उनी ३८ वर्षका थिए। अजिम ब्रुनईका राजाका चौथो सन्तान हुन भने उनी महंगो पार्टीमा रमाउने व्यक्तिको रूपमा हलिउडमा चर्चित थिए। 

गत शनिबार उनको निधन भएको थियो। उनको निधनमा ब्रुनईमा सात दिनको शोकसभा गर्ने आदेश सरकारले दिएको छ। अजिमले हलिउड फिल्ममा लगानी गर्दै आएका थिए। उनको ठूला सेलिब्रिटीसँग उठबस थियो। ब्रुनई राजसंस्था भएको देश हो भने उनको निधनलाई केही दिन गोप्य राखिएको थियो। 

स्थानीय मिडियालाई उध्रृत गर्दै भाइसले जनाएअनुसार उनी केही समयदेखि अस्पतालमा भर्ना थिए। राजकुमार अजिम लामो समयदेखि विदेशमा बसोबास गर्दै आइरहेका थिए। 

उनले बेलायतमा स्कुलको पढाई पुरा गरेपछि अमेरिकामा फिल्म निर्देशनको तालिम लिन तल्लिन थिए। उनले २०१४ मा ‘यु आर नट यु’, २०१८ मा ‘दि हेप्पी प्रिन्स’ को निर्देशन गरेको थिए।

प्रकाशित मिति: : 2020-10-28 16:24:00

प्रतिकृया दिनुहोस्