ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

दसैं अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ परेका छन्।

सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना चालक र सहचालकलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन।

उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३ हजार रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-28 18:52:00

प्रतिकृया दिनुहोस्