अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा

एजेन्सी

श्रीलंका

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुगेका छन् । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेका हुन्। 

अमेरिकी विदेशमन्त्री पोम्पेओ हाल भारतको भ्रमणमा रहेका थिए । उनी भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेका छन् ।

उनले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिए । ट्वीटमा उनले आफूलाई श्रीलंकाली नेताहरुले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् ।

उनले आफूलाई श्रीलंकाली अधिकारीहरुले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिएका हन् । विदेशमन्त्री पोम्पेओले श्रीलंकामा यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रकाशित मिति: : 2020-10-28 22:28:00

प्रतिकृया दिनुहोस्