चीनले भन्यो - अमेरिका भारतसँगको सीमा विवादबाट टाढा रहनुपर्छ

अमेरिकी विदेश मन्त्री माइक पोम्पिओ भारतपछि श्रीलंका भ्रमणमा छन्। भ्रमणमा उनले चीनको कम्युनिष्ट सरकारलाई ‘हिंस्रक जनावर’ भन्दै कडा टिप्पणी गरेका छन्।

पोम्पिओको टिप्पणी पछि श्रीलंकाले असुरक्षित महसुस गरेको छ। राष्ट्रपति गोताभाया राजपक्षेले पोम्पिओको टिप्पणीबारे सफाइ दिएका छन्।

श्रीलंकाका राष्ट्रपतिले पोम्पिओलाई ट्वीटरमा ट्याग गर्दै लेखेका छन्, ‘श्रीलंका सधैं आफ्नो विदेश नीतिमा तटस्थ रहन्छ र हामी शक्तिशाली देशहरूको टकरावमा उल्झन चाहान्नैं।’

यता पोम्पिओको टिप्पणीबारे कोलम्बोस्थित चिनियाँ दूतावासले कडा आपत्ति जनाएको छ। 

एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘श्रीलंका चीन आपसी सम्बन्धलाई अगाडि बढाउन सक्षम छ र कुनै तेस्रो देशको सल्लाह आवश्यक छैन। यो यात्रा सम्मानजनक र लाभदायक हुनुपर्दछ, समस्या बढाउनको लागि होइन।’ 

यसअघि पोम्पिओले भारत भ्रमणको बेला चीनको बारेमा धेरै कुरा भनेका थिए।

पोम्पिओले भनेका थिए ‘चीनसँगको सीमा विवादको सवालमा भारतले एक्लो महसुस गर्नु हुँदैन, अमेरिका यसैको साथ उभिएको छ।’

विज्ञप्तीमा त्यसको जवाफ दिँदै चीनले भारतसँगको सीमा विवाद द्विपक्षीय मुद्दा भएको र त्यहाँ कुनै पनि तेस्रो पक्षको हस्तक्षेपको आवश्यक नरहेको समेत बताएको छ।

प्रकाशित मिति: : 2020-10-29 10:49:00

प्रतिकृया दिनुहोस्