मेक्सिकोमा कोरोना संक्रमित ९ लाख नाघ्यो, ९० हजारको मृत्यु

एजेन्सी

मेक्सिकाे सिटी

मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघेको छ। कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ।

 गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र पाँच हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ। 

प्रकाशित मिति: : 2020-10-29 18:25:00

प्रतिकृया दिनुहोस्