'यथास्थितिमा असारमा हिउँद पुग्न सक्छ', पञ्चाङ्ग संशोधन गर्नुपर्ने कुरा किन उठेको हो

बिबिसी

काठमाडौँ
तस्बिर : बिबिसी

जयन्त आचार्य

कालगणना नेपालमा पञ्चाङ्गमार्फत् गरिन्छ। नेपालमा प्रचलित पञ्चाङ्गहरू मुख्यतया सूर्य तथा चन्द्रमाको गतिका आधारमा बनेका छन्।

सूर्यले विभिन्न ऋतु तथा याम परिवर्तनमा ठूलो भूमिका खेलेको हुन्छ भने चन्द्रमाले मासगणना देखाउँछ । नेपालमा चाडपर्वहरू तिथि र मिति दुवैका आधारमा मनाइने गरिन्छ। नयाँ वर्ष, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्तिजस्ता चाडहरू मितिअनुसार मनाइन्छ भने दशैँ-तिहार जस्ता चाडपर्वहरू तिथिका आधारमा निर्धारित हुन्छन्। तिथि र मितिको अन्तर धेरै नपरोस् भनेर झन्डै तीन वर्षमा एउटा अधिकमास राख्ने गणना पद्धति चलेको देखिन्छ।

साउने सङ्क्रान्तिमा सूर्य दक्षिणतिर लाग्ने भएकाले दक्षिणायन प्रारम्भ विन्दु भन्ने गरिएको थियो तर हिजोआज सूर्य दक्षिणतिर असार को ६-७ गतेबाट नै लाग्ने गर्छ। त्यस्तै पहिले सूर्य माघ १ गते उत्तरतिर लाग्ने गर्थ्यो तर हिजोआज पुष ६-७ गते नै सूर्य उत्तरतिर लागेको प्रत्यक्ष देख्न सकिन्छ।

त्यस्तै वर्षमा दुई पटक दिन र रात बराबर हुने गर्छन्। तिनलाई 'विषुवत् दिन' भनिन्छ। अहिले ती दिन पनि २४-२५ दिनअगाडि नै पर्न थालिसकेका छन्। झन्डै ७२ वर्षमा एक दिनका दरले यसरी दिन बिग्रिने क्रम चलिरहेको छ।

प्रकाशित मिति: : 2020-10-31 14:49:00

प्रतिकृया दिनुहोस्