महासंघको निर्वाचनको लागि प्रधान प्यानलको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको लागि किशोर प्रधान समूहले उम्मेदवारी दर्ताको घोषणा गरेको छ। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधान समूहले उम्मेदवारी दर्ता गर्ने घोषणा गरेको हो। 

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा शौरभ ज्योतिको प्यानल घोषणा गरिएको हो।

यसअघि वरिष्ठ उपाध्यक्षको लागि अर्का व्यवसायी चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ।

 

प्रकाशित मिति: : 2020-11-02 14:07:00

प्रतिकृया दिनुहोस्