नाइकीको सट्टा भारतीय क्रिकेटलाई एमपीएलले प्रायोजन गर्ने, प्रत्येक खेलको ६५ लाख

नाइकीको स्थानमा भारतीय क्रिकेट टिमको किट्सको प्रायोजन गेमिङ कम्पनी मोबाइल प्रिमियर लिग (एमपीएल) ले गर्ने भएको छ। 

भारतीय क्रिकेटका लागि एमपीएलले तीन वर्षको सम्झौंता गर्न लागेको हो। 

यसमा पुरुष, महिलादेखि इन्डिया ए टिम र युथ–१९ टोली पनि समावेश हुनेछन्। एमपीएलले प्रत्येक खेलबापत ६५ लाख भारतीय रूपैयाँ उपलब्ध गराउने छ। जसमा टिमका सदस्यले यसको जर्सी लगाउनु पर्नेछ। 

प्रायोजनको मिति २०२० को नोभेम्बरबाट सुरु भएर २०२३ को डिसेम्बरमा समाप्त हुनेछ। यसअघि भारतीय टिमलाई नाइकीले प्रायोजन गर्दै आइरहेको थियो।

 २०१६ देखि २०२० सम्म ३ सय ७० करोड रूपैयाँ बराबरको नाइकीको सम्झौंता समाप्त भएको थियो। यसपछि नाइकीले सम्झौंता गर्न मानेन। उसले प्रत्येक खेलबापत ८८ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।

प्रकाशित मिति: : 2020-11-02 15:22:00

प्रतिकृया दिनुहोस्