अमेरिकी चुनावको मैजारू २ दिन बाँकि : सबैको ध्यान एरिज़ोना र पेन्सेल्भेनियामाथि

अमेरिकामा यसपटकको चुनावको मैजारू हुन अब दुई दिन मात्र बाँकि छ। चुनावी मत सर्भेक्षणले बाइडन अगाडि देखिए पनि जीतमा उनी आफैं पनि ढुक्क हुन सकिरहेका छैनन्। उता, मत सर्भेक्षणमा पछि परेका ट्रम्पको 'बडी ल्याङ्ग्वेज' पनि २०१६ को जस्तो देखिन छोडेको छ। दुबै तर्फका समर्थक भने आ-आफ्नो जीतको दाबी गरिरहेका छन्।

अमेरिकाको चुनाव यतिबेला ब्याटलग्राउण्ड भनिएका थोरै राज्यमा गएर समेटिएको छ। अरू पोललाई छोडेर ट्रम्प समर्थक फक्स न्युजकै मत सर्भेक्षणलाई मान्ने हो भने पनि मिचिगन र विन्कन्सस लगभग नीला भैसेके, एरिजोना पनि त्यही क्रममा छ। अब चुनाव भनेको बाँकि रहेका ब्याटलग्राउण्ड राज्य फ्लोरिडा, आइवा, नर्थ क्यारोलाइना र पेन्सेल्भेनियाको हो। रातो राज्य  टेक्सास अझै बैजनी रङमा छ।अरूलाई फेक मिडिया भन्ने ट्रम्प समर्थक मिडिया फक्सको अनुमान हो यो।  

अमेरिकामा यतिबेला पोलमास्टर, राजनीतिक पण्डित, ज्योतिषी, धामी, विजुवाको मौसम छ। ती सबै यतिबेला आआफ्नो गच्छेअनुसार कोही मूलधारका मिडियामा राजनीतिक पण्डित भएर प्रस्तुत भैरहेका छन् भने कोही सामाजिक सञ्जालमा जोखाना हेरिरहेका छन्। कोही सिधै आफ्नो पक्षधरता देखाएर जीतको भविष्यवाणी गरिरहेका छन् भने कोही घुमाउरो पाराले आफ्नै उम्मेद्वारको डम्फू बजाइरहेका छन्।

अमेरिकाको नेपाली डायस्पोराको अवस्था पनि यही हो। फरक यति हो, उनीहरूको उपस्थिति सामाजिक सञ्जालमा या नेपाली अनलाइन पोर्टलमा मात्र सिमीत छ। मूलत: नेपाली भाषामा गरिने यी वकालत सबै सेकेण्डरी सोर्समा आधारित छन्। यसको अर्थ अमेरिकाको नेपाली डायस्पोरामा गरिएको विचार विमर्श या त अमेरिकी मूलधारका सञ्चार माध्यममा गरिने विचार विमर्शमा आधारित छन् या त उम्मेद्वारले सार्वजनिक गरेका धारणामा। जे जस्तो भए पनि ती धारणा आआफ्नो माइन्डसेटभन्दा टाढा छैनन्। 

अमेरिकाको नेपाली डायस्पोरामा डेमोक्रेट्सको वाहुल्यता छ। रिपब्लिकनको संख्या पनि उल्लेख्यै छ। तर, उनीहरू डेमोक्रेटस् जस्तो खुलेर देखिदैनन्। पछिल्लो अवस्थामा रिपब्लिकनभन्दा पनि केही ट्रम्पवादी नेपाली भने खुलेरै देखिएका छन्। सामाजिक सञ्जालमा उनीहरू यो वा त्यो वहानामा ट्रम्पको समर्थन गरिरहेकै हुन्छन्। कसैले ट्रम्पको विरोध गर्यो वा बाइडनको समर्थन गर्यो भने उनीहरू जाइ लाग्छन्। अर्थात् उनीहरू रक्षात्मक स्थितिमा छन्। 

अमेरिकाको नेपाली डायस्पोरा यो चुनावमा राज्यको त कुरै छोडोैं कुनै सानो काउन्टीमा पनि चुनावी परिणामलाई फरक पार्ने हैसियतमा छैन। तर, चुनावको धङधङे लागेकाहरू त्यो धरातलीय यथार्थ स्वीकार्दैनन्। नानीदेखि लागेको बानी नै भनौ, हुटिट्याउले सगर थाम्ने जस्तो, त्यो आनीबानी अझै पनि यहाँका नेपालीमा बाँकि नै छ। भनाइ नै छ नि, बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै। अमेरिकाको सन्दर्भमा थप्दा हुने भएको छ, अमेरिका गए आचरणसँगै। 

अमेरिकाको नेपाली डायस्पोरा यो चुनावमा राज्यको त कुरै छोडोैं कुनै सानो काउन्टीमा पनि चुनावी परिणामलाई फरक पार्ने हैसियतमा छैन। तर, चुनावको धङधङे लागेकाहरू त्यो धरातलीय यथार्थ स्वीकार्दैनन्। नानीदेखि लागेको बानी नै भनौ, हुटिट्याउले सगर थाम्ने जस्तो, त्यो आनीबानी अझै पनि यहाँका नेपालीमा बाँकि नै छ। भनाइ नै छ नि, बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै। अमेरिकाको सन्दर्भमा थप्दा हुने भएको छ, अमेरिका गए आचरणसँगै। 

एरिजोनाको ११ र पेन्सेल्भेनियाको २०मा कलेज इलेक्ट्रोल मतमा पुगेर अनुमानको खेती चलिरहेको यतिबेला ट्रम्प समर्थक यी दुई राज्य जितेमा चुनाव जितिने बताइरहेका छन्। सबै रातो जोगाउँदा पनि १६३ मतबाट उकालो लगाएर २७० इलेक्ट्रोल कलेज पुर्याउन ट्रम्पलाई सिमीत विकल्प मात्र बाँकि छन्। उनीसँग भएको गाढा रातो संख्या ८८ मात्र हो। तर, बाइडेनको गाढा नीलो संख्या नै १८३ छ। यो संख्यामा लगभग सुनिश्चित २९ नीलो थप्दा २१२ हुन्छ। अहिले पनि नीलोतिर ढल्ककेको संख्या ७८ छ। यो संख्या जोगाउन सके २९० पुग्छ। बाइडनसँग २९० को अवस्था रहेकाले उनीसँग विकल्प धेरै छन्। उनले अरू २० गुमाउँदा पनि विजयी हुन्छन्। उता ट्रम्पका लागि भने सन् २०१६ मा जितेका सबै ब्याटलग्राउण्ड राज्य पनि जित्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा त्यो सहजे सम्भव दैखिदैन। तर, राजनीति सम्भावनाको खेद भएकाले ट्रम्पको जीत असम्भव नै भने भैसकेको छैन।

यी पंक्तिहरू लेखरहेको बेला १० करोड मत खसिसकेको छ। यो मत धेरै नीलो भएको स्वयं ट्रम्प र उनका समर्थक पनि स्विकार गर्छन्। तर, उनीहरू इलेक्ट्रोल कलेज म्याप अझै पनि आफ्नो जीतका लागि पुरै प्रतिकूल भैसकेको मान्न तयार छैनन्। 

ट्रम्प अन्तिम समयमा गर या मरको स्थितिमा छन्। उनी राजनीतिमा जे पनि जायज हुन्छ भन्ने कोटीमा पर्छन्। त्यसैले उनी केही दिन यता विवादास्पद भनाइका कारण आफैं आलोच्य बनिरहेका छन्। अमेरिकाको चुनावी मुद्दा कोभिड-१९ मै फर्केको बेला उनी कोरोना भाइरस चिकित्सकहरूको पैसा कमाउने खेलो भएको बताएर आफ्नो मत घटाइरहेका छन्। रूसी प्रोपोगाण्डा मिडियामा आफ्ना सल्लाहकारले दिएको अन्तर्वार्ताका कारण उनी थप रक्षात्मक बन्नुपर्ने अवस्थामा छन्। उनका चुनावी क्याम्पेनहरू हतास देखिएर केही न केही उटपट्याङ गरिरहेका छन्। हुँदाहुँदा टेक्सासमा उनका समर्थकले ट्रक तेर्स्याएर बाइडनलाई चुनावी सभा गर्न रोक लगाइदिए। यी दृश्यहरू देख्दा लाग्छ, अमेरिकी चुनावमा कुनै समयको विहारी शैली हाबी भैसक्यो। 

यी सबै क्रियाकलाप  देख्दा लाग्छ, ट्रम्प आफैंसँग चनाव लडिरहेका छन्। उनी आफैंसँग हार्दा बाइडन जित्ने सम्भावना बढ्दो छ। अझै पनि यो अनुमान मात्र हो र यसको चुरो आधार भनेको चुनावी मतसर्भेक्षणको परिणाम नै हो। 

यसपटक पनि पोलमास्टरहरू २०१६ मा जस्तै चिप्लिन्छन् कि चिप्लिदैनन् ? अब हेर्न त्यही मात्र बाँकि छ। बाइडन समर्थक भन्छन्, पोलमास्टरहरूले २०१६ को प्रक्षेपणबाट पाठ सिकेका छन्। त्यसैले उनीहरू यसपटक होसियारपूर्वक सही प्रक्षेपण गर्नेछन्। उता, ट्रम्प समर्थकहरू भने सन् २०१६ मा जस्तै पोल मास्टर यसपटक पनि चुक्ने भएकाले चुनाव ट्रम्पले जित्ने ठानिरहेका छन्। 

अब हेर्नु छ, के हुन्छ ? त्यसका लागि कम्तिमा पनि अबको अर्को ४८ घण्टा पर्खनुपर्ने छ। त्यतिबेलासम्ममा  चुनावको परिणाम त आउने हैन, तर अनुमान भने सत्यको धेरै नजिक पुगिसकेको हुनेछ।

प्रकाशित मिति: : 2020-11-03 03:32:00

प्रतिकृया दिनुहोस्