ड्रग्समा फस्ने डरले दीपिकाकी मेनेजरले ‘क्वान’ बाट राजीनामा गरेको खुलासा

अभिनेत्री दीपिका पादुकोणको मेनेजर करिश्मा प्रकाशले ‘क्वान मेनेजमेन्ट’ बाट राजीनामा गरेकी छिन्। 

ड्रग्स मुद्धामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनीविरूद्ध पक्राउ पूर्जी जारी गरेयता उनी फरार छिन्। उनी एक सातादेखि एनसीबीको सम्पर्कमा आएकी छैनन्। 

गत मंगलबार एनसीबीले उनको घरमा छापा हानेको थियो, जसमा १ दशमलव ८ ग्राम प्रतिबन्धित लागु औषध प्राप्त भएको थियो। 

उनलाई अनुसन्धानका लागि एक महिनाअघि पनि एनसीबीले बोलाएको थियो। दुई पल्टको सोधपुछमा एनसीबीले एक पल्ट अभिनेत्री दीपिकासँग राखेर बयान लिएको थियो। 

त्यसयता उनी सम्पर्क बाहिर छिन्। करिश्मा र दीपिकाको २८ अक्टुबर २०१७ मा ड्रग्सलाई लिएर भएको कुराकानी एनसीबीले प्राप्त गरेपछि दीपिकालाई पनि बोलाएर सोधपुछ गरिएको थियो। 

बम्बे टाइम्स पत्रिकाका अनुसार करिश्माले २१ अक्टुबरमा क्वान कम्पनीलाई राजीनामा पठाएकी थिइन। क्वान कम्पनीले बलिउडमा कार्यरत ४० स्टार कलारकारको पिआरको काम हेर्दै आइरहेको छ। 

करिश्मालाई गत २७ अक्टुबरमा सोधपुछका लागि एनसीबीले बोलाएको थियो। तर, उनी सम्पर्कमा नआएपछि उनको आमा मिताक्षरा पुरोहितलाई एनसीबीले पत्र थमाएको छ। उनको घरमा प्राप्त ड्रग्सको मात्रा हेर्दा उनलाई एक वर्षको श्रमसहितको जेल सजाय हुने पक्का छ।

प्रकाशित मिति: : 2020-11-03 14:26:00

प्रतिकृया दिनुहोस्