मुस्ताङको लोमाङ्थाङमा बिओपी शिलान्यास

गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट ( बिओपी)को  शिलान्यास गरेका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित नेचुङ पुग्नु भएका सचिव न्यौपानेले बुधबार सो भवनको शिलान्यास गरेका हुन्।

गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपी सदरमुकाम जोमसोमबाट १ सय ९ किलोमिटरको दुरिमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित छ।

२४ कोठाको मौसम अनुकुलको हुने भवन करिब सांढे ६ करोडको लागतमा एक वर्ष भित्र निर्माण भइसक्ने छ।

असोजदेखि बैशाख सम्मनै भारि हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहनेछ।

हालसम्म देशभर सशस्त्र प्रहरि बलका १ सय ८३ वटा बिओपी स्थापना भएका मध्ये उत्तरी सिमानामा ७ वटा रहेका छन्। 

बिओपि स्थापना भएसँगै मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सीमा अनुगमन,पिल्लर निरीक्षण, काउन्टरपार्टसँग समन्वय तथा नियमित गस्ति पट्रोल गर्दै आएको छ।

प्रकाशित मिति: : 2020-11-04 12:08:00

प्रतिकृया दिनुहोस्