नरवणे भ्रमणको माइतीघरमा विरोध

सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा माइतीघर मण्डलामा केही व्यक्तिले प्रदर्शन गरेका छन्।

माइतीघरमा करिब २५ जना भएका व्यक्तिले नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले निम्त्याएकाे भन्दै विराेध प्रदर्शन गरेका हुन्। 

नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए।

हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन।
 

प्रकाशित मिति: : 2020-11-04 14:07:00

प्रतिकृया दिनुहोस्