यो स्थानमा व्यक्तिगत रहरले भन्दा जनताको विश्वासले आएकाे हुँ, राजीनामा दिन्न: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने घोषणा गरेका छन्। राजीनामा दिए देश अस्थिरतातर्फ जाने बताउँदै बर्वादीतिर नलैजाने उनले बताएका हुन्। 

शिक्षण अस्पताल परिसरमा निर्माण गरिएको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले यो स्थानमा व्यक्तिगत रहरले भन्दा पनि जनताको विश्वासले आएको बताए। 

‘यो स्थानमा व्यक्तिगत रहरले भन्दा जनताको विश्वासले आएको हुँ। मैले अहिले राजीनामा दिन नै मिल्दैन। अहिले राजीनामा गर्नुभनेको देशलाई बर्वादीतर्फ लैजानु हो,’ उनले भने।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले अहिले आफूले राजीनामा दिए मुलुकमा अस्थिरताका लैजान खोज्नेलाई बल पुग्ने बताए। 

यस्तै उनले सरकार फेरिन्छ कि यस्तो उस्तो हुन्छ कि भन्ने कुनै भ्रममा नपर्न समेत आग्रह गरेका छन्। 

‘सरकार यही हुन्छ। मैले भनेको छु फेरि केहीले खोइत राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु। तपाईहरु भ्रममा नपर्नुस्,’ उनले भने। 

प्रकाशित मिति: : 2020-11-04 15:07:00

प्रतिकृया दिनुहोस्