सेयर बजार सुस्त, सूचक र कारोबार रकम दुवै घटे

बिएल संवाददाता

काठमाडाै‌ं

सेयर बजार केही सुस्त देखिएको छ। सूचक र कारोबार रकम दुवै केही घटेको छ। यसअघि सेक्टर घुमाइघुमाई सेयर कारोबार गरेका लगानीकर्ताले नाफा पनि बुक गरिरहेका छन्। 

नाफा बुक गर्ने र बजारमा नयाँ प्रवेश गर्ने दुवैथरिका लगानीकर्ता सक्रिय रहेका ब्रोकरहरुको भनाई छ। तथापि, केही साइडवेजको अवस्थापछि बजारले फेरि नयाँ रफ्तार लिने लगानीकर्ताहरुको अनुमान छ।

नेप्से सूचक २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा अडिएको छ। कुल २०१ कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१२ समूहको कारोबार भएकामा ५ समूहको सूचक बढेको छ भने बाँकी तल झरेका छन्। सबैभन्दा धेरै व्यापारिक समूह २५.३१ अंकले वृद्धि भएको छ। 

वाणिज्य बैंक समूहमा ३.०४ अंकको ह्रास आएको छ। विशाल बजार कम्पनी र सानिमा जनरल इन्सुरेन्सको सेयर भाउ सर्किट लाग्ने गरी बढेको छ।

प्रकाशित मिति: : 2020-11-04 16:05:00

प्रतिकृया दिनुहोस्