अभिनेत्री ऋचा शर्माले जितिन् कोरोना

अभिनेत्री ऋचा शर्माले कोरोना जितेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले कोरोनालाई जितेको जानकारी दिएकी हुन्।

उनी तीन साता अगाडि कोरोना संक्रमित भएकी थिइन। त्यसपछि सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन। 

‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व। भनिन्छ कि पढेर जानिन्छ कि परेर। यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ,’ अभिनेत्री शर्माले अगाडि लेखेकी छन। 

 ‘कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु। कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु,’ उनले लेखेकी थिइन।

शर्माले यस्तो समयमा पनि अग्रपंक्तिमा रहेर काम गर्नेलाई समेत धन्यवाद दिएकी छन्।
 

प्रकाशित मिति: : 2020-11-05 13:28:00

प्रतिकृया दिनुहोस्