काेराेना संक्रमित बरिष्ठ हास्यकलाकार मनोज गजुरेल आईसीयूमा

बरिष्ठ हास्यकलाकार मनोज गजुरेललाई आईसीयूमा सारिएको छ।

गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए।

तर फोक्सोमा समस्या देखिएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।

अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार अस्पताल लगिएको थियो। 

अस्पताल जानुपूर्व उनले फेसबुकमा आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको लेखेका थिए।

‘अझै पुर्ण सुधार भैसकको छैन। शरीरले फरक फरक कृयाप्रतिकृया देखाइ रहेको छ। तपाईंका कल, म्यासेज र कामनाका तरंगले आत्मवल उच्च बनाइरहेको छ,’ उनले लेखेका थिए।

अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन्।

प्रकाशित मिति: : 2020-11-06 11:39:00

प्रतिकृया दिनुहोस्