प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेकाे भेट (भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेले भेट गरेका छन्। 

तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। 

भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन्।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताए।

 उनले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्तसमेत गरेकाे प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले जानकारी दिए।

तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

प्रकाशित मिति: : 2020-11-06 14:38:00

प्रतिकृया दिनुहोस्