नेकपाका शीर्ष पाँच नेताको बैठक धुम्बाराहीमा सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शीर्ष पाँच नेताको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयका सदस्यलाई पाछलफलका लागि बोलाएका हुन्।

बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

पार्टी मुख्यालयको छलफलमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसहित अन्य तीन सचिवालय सदस्य सहभागी छैनन्। 

बिहीबार बालुवाटारमा प्रधानमन्‍त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। बिहीबारको बालुवाटार सम्वाद थप तिक्कतापूर्ण भएपछि प्रचण्ड सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्। 
 

प्रकाशित मिति: : 2020-11-06 16:14:00

प्रतिकृया दिनुहोस्