स्याङ्जामा जिप खस्दा एकको मृत्यु, चार घाइते

Breaknlinks
Breaknlinks

स्याङ्जाको भीरकोट नगरपालिका–५ हखौडीस्थित कच्ची सडकखण्डमा जिप खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा सोही ठाउँका १७ वर्षीय असिम सेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए।

 प्रहरीका अनुसार शनिबार राति पकान फाँटबाट पराल बोकेर हखौडीतर्फ जाँदै गरेको लु१च २६९६ नम्बरको जिप सडकबाट खसेको थियो।

घाइते हुनेमा ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, ५२ वर्षीय दिलबहादुर सेन र २२ वर्षीय अन्जन सेन छन्। 

उनीहरू सबैको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको प्रहरीले बताएको छ। जिप चालक ३८ वर्षय राजु पंगेनी फरार छन्।

प्रकाशित मिति: : 2020-11-08 12:11:00

प्रतिकृया दिनुहोस्