इजराइलका प्रधानमन्त्रीले दिए वाइडेनलाई बधाई, ट्रम्पलाई धन्यवाद

बिएल संवाददाता

न्यूयाेर्क

इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू  अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्।

आइतबार  ट्वीटरमार्फत उनले बधाई दिएका हुन्।

उनले लेखेका छन्, ‘जो र हाम्रो करिब ४० वर्ष पुरानो नाता छ र म उनलाई इजराइलका एक राम्रो साथीको रुपमा चिन्दछु। इजराइल र अमेरिकाको सम्बन्ध पहिलाभन्दा बलियो बनाउनका लागि म दुबै नव–निर्वाचित नेतासँग थप उत्कृष्ट काम गर्ने आशा गर्दछु।’

अर्को एक ट्वीटमा बिन्यामिन नेतन्याहूले डोनल्ड ट्रम्पलाई पनि उनको सहयोगका लागि धन्यवाद दिएका छन्।

 ‘धन्यवाद डोनल्ड ट्रम्प, त्यो दोस्तीका लागि जुन तपाईंले इजराइल र नीजि रुपमा मसँग स्थापित गर्नुभयो। यरुशलम र गोलनलाई पहिचान दिएकोमा धन्यवाद,’ उनले लेखेका छन्।

यस्तै उनले इरानको मुद्दामा खडा भएकोमा र ऐतिहासिक शान्ति सम्झौता गरेर इजराइल र अमेरिकाको सम्बन्धलाई अभूतपूर्व उचाईमा पुर्याएकोमा पनि धन्यवाद दिएका छन्।

प्रकाशित मिति: : 2020-11-08 12:24:00

प्रतिकृया दिनुहोस्