भाइ मसला व्यापारी भन्छन्– समान बिके ठिकै छ, नबिके सित्तैमा दिन्छु (भिडियाे)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

नेपालीको महान चाडको रुपमा मनाउदै आएको दशैंपछि चाड हो तिहार। 

दशैं सकिए लगतै तिहारको रमझम पनि बढ्दै गएको छ। कोरोना महामारी बीच तिहारका लागि चाहिने आवश्यक सामग्रीले जताततै पसल झिलिमिली छन्। 

पसलका बाहिर बत्ति र रंगिचंगी फूलहरु सुसज्जित छन्। हेर्दै मनमाेहक छ बजारकाे दृश्य।

बजारलाई थप मनमाेहक बनाएकाे छ क्रेताकाे भिडभाडले। 

भिडकै बीच व्यापारी आफ्नाे ग्राहक तान्न तछाड्मछाड गर्नमा व्यस्त छन्। भन्ने नै हाे भने  उनीहरुलाई सास फेर्ने फुर्सदसमेत छैन। 

कोरोना महामारीसँगै सरकारले जारी गरेको लकडाउनमा बन्द भएका चाइनिज सामानको थोक व्यापारीक केन्द्र महाबौद्धले बिस्तारै पुरानै स्वरुप लिँँदै छ।

लत्ताकपडा र भाँडाकुँडाले सजिएको महाबौद्ध यतिखेर फूल र बत्तिले सजिएको छ।

बाहिरी आवरण बत्तिले चम्किए पनि व्यापर भने चम्किँन नसकेको बताउँछन् ४१ वर्षीय भाइ मसला बिक्रेता त्रिनेश्वर जैसवाल।

उनी २५ वर्षदेखि काठमाडौँस्थित गनाक्छी बस्दै आएका छन्। 

बारा जिल्ला सिम्रनगढ नगरपालिकाबाट कामकै शिलशिलामा राजधानी आएका थिए। उनी यहीँ व्यापारमा रमिरहेका छन्। 

जैसवाल तिहारका लागि महत्वपूर्ण मानिने भाइ मसला आफैँ बनाएर बेच्ने गर्छन्। 

‘होलसेलबाट सामान ल्याउने गरेको छु। घरमा भाइ मसला फ्याकेजिङ गरेर होलसेल मूल्यमा नै बेच्ने गरेको छु’, उनले भने। 

यसका अलवा मसाला मिसाइने चकलेट, किसमिस, काजु, बदाम, ओखरका साथै अन्य चिजहरुसमेत प्याकेटमा बेच्ने गर्छन्। 

आफैँले बनाएर बेचेको मसलाको मूल्य न्यूनतम १२५ रुपैयाँदेखि अधिक्तम ८ सयसम्म बेच्ने गरेको उनी सुनाउँछन्। 

जैसवालका अनुसार पहिले बेच्ने गरेको मसलाको मूल्यभन्दा अहिले बेचेको मसलाको मूल्य कम छ।

विगतमा निक्कै आम्दानी भए पनि यो वर्ष किनेको सामानको मूल्यसमेत उठ्न नसक्ने उनको भनाइ छ। 

‘पोहोर–परार ४० हजारसम्मको व्यापार हुन्थ्यो। तर अहिलेको अवस्थामा पहिलेझैँ समान बिक्रि हुँदैन। दिनमा मात्र ५ हजारको बिक्रि हुन्छ, धेरैमा भएको १० हजार मात्रा। जुन पहिलेको तुलनामा ३ गुणा कम हो,’ जैसवालले बिएल नेपाली सेवासँग भने। 

कोरोनाका अगाडि फस्टाएको व्यापारमासमेत असर परेको उनी बताउँछन्।

त्यसैले उनकाे मनमा डर छ— ‘मैले किनेर ल्याएकाे  सामानसमेत नबिक्ने पो हो की !’

‘समान बिक्रि नभए चिनजानका मान्छेलाई बाड्छु। त्यतिकै फ्याँल्नु पनि त भएन नि, बरु अरुलाई सित्तैमा दिन्छु।  

प्रकाशित मिति: : 2020-11-09 13:51:00

प्रतिकृया दिनुहोस्