बारामा छुटाछुटै सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

बारामा भएको छुटाछुटै दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा करैयामाई गाउँपालिका ३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ l 

सोमबार राति बाराको पचरौता नगरपालिका ९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई तियर खोलामा खस्दा उनीहरुकाे मृत्यु भएको थियाे।

मृतक दुबैजनाको शव परीक्षणको लागि जिल्ला अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम प्रहरी उपरीक्ष गौतम मिश्रले जानकारी दिएl 

दुर्घटनामा परी करैयामाई ३ बजनीका २३ वर्षीय अरमान हवारी गम्भीर घाइते भएका छन् । 

उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसै गरी हिजो राती नै पिपराबाट तेतरिया जाँदै गरेको ना २२ प ६८५४ नं.को मोटरसाइकल दुर्घटनाा भएकाे छ। 

 करैयामाई गाउँपलिका ५ तेतरियास्थित पक्की पुलमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना पुलमुनि खसेका थिए। 

उनीहरुलाई तत्काल उद्दार गरेर उपचारका लागि कलैया अस्पताल पुर्‍याइएकाे छ।

दुर्घटनामा गम्भीर घाइते भएका करैया गाउँपालिका ३ गालोपटी बस्ने २२ वर्षीय सन्देश साह तेलीको कलैया अस्पतालमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ  । 

अर्का गम्भीर घाइते करैयामाई गाउँपालिका ३ बजनी बस्ने २३ वर्षीय अरमान हवारीको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: : 2020-11-10 15:58:00

प्रतिकृया दिनुहोस्