बिहार चुनाव: भाजपासहितको एनडीएलाई बहुमत 

भारत बिहारको विधानसभा चुनावमा भाजपा तथा जनता दल युनाइटेडसहितको एनडीए गठबन्धनले बहुमतको आँकडा पार गरेकाे छ।

२४३ सिटकाे लागि भएकाे चुनावमा एनडीए गठबन्धनले बहुमतको आँकडा पार गरि १२५ सिटमा जित हाँसिल गरेको हो।

बिहार विधानसभामा बहुमतका लागि १२२ सिट चाहिन्छ। तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सहितको महागठबन्धन ७५ सिटमा विजयी हाँसिल गरेकाे छ। भजापाले ७४ तथा जेडीयूले ४३ सिटमा जित हाँसिल गरेका छन्।

यता चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले मात्रै एक सिटमा जित हाँसिल गरेको छ।

 सन् २०१५ को चुनावमा ८० सिट जितेको आरजेडीले योपटक ७५ सिट जितेकाे छ। यस्तै ५३ सिट जितेको भाजपाले योपटक ७४ सिटमा जित हाँसिल गरेको छ।

याेसँगै नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने सम्भावना बलियाे भएको छ। 

यसपालि सरकार बनाउन सफल भएको खण्डमा नीतिश कुमार भारतीय राजनीतिमा नयाँ इतिहास रच्न सफल हुनेछन्। उनी यसअघि सातौं पल्ट बिहारको मुख्यमन्त्री बन्ने अभियानमा छन्। भारतीय राजनीतिमा कुनै व्यक्ति सात पल्ट मुख्यमन्त्री भएका छैनन्। 

नीतिश सबैभन्दा पहिले सन् २००० मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी अटलबिहारी बाजपेयीको कार्यकालमा केन्द्रीय रेल मन्त्री पनि नियुक्त भएका थिए। 

नीतिश सन् २००५ देखि अनवरत मुख्यमन्त्री छन्। बिहारमा यसपालि ४ करोड १० लाख मतदाता थिए। जसमध्ये यादव र मुस्लिम मतदाताले महागठबन्धनलाई बढी मतदान गरेको बताइएको थियो।

प्रकाशित मिति: : 2020-11-11 06:49:00

प्रतिकृया दिनुहोस्