'मैले गरेको काम किन लोप भएको होला?' (भिडिओ)

सेतोपाटी

काठमाडाैं

दसैंमा पूर्ण चित्रकारलाई भ्याइनभ्याइ हुन्थ्यो, तिहारमा धौधौ हुन्छ चेतकुमारीलाई। उनीहरू चित्रकार दम्पती हुन्। 

भक्तपुर, पाँचतले मन्दिरबाट दत्तात्रय जाने बाटोको यांछे गल्लीमा यी दम्पतीको घर छ। भक्तपुर पुगेर 'नवदुर्गा बनाउने मान्छे' को घर सोध्ने हो भने सजिलै उनीहरूको घर पत्ता लाग्छ।

पूर्णको विज्ञता नै त्यसैमा हो, नवदुर्गाको ख्वपा (मुकुण्डो) बनाउने। दसैंसम्ममा उनको व्यस्तता बढ्नुको कारण पनि यही हो। 

यो पनि पढ्नुस्ः नवदुर्गा देवगण बनाउने एक्ला चित्रकार नवदुर्गा बनाउने उनी एक्ला चित्रकार भएकाले हाकाहाकी भन्छन् नै, 'म नभएपछि कसले बनाउला, थाहा छैन। भगवानको काम भएकाले सकुन्जेल बनाउँछु। गाह्रो काम भएकाले कसैले आँट्छु भन्न पनि सकेका छैनन्।' 

प्रकाशित मिति: : 2020-11-12 18:13:00

प्रतिकृया दिनुहोस्