प्रधानमन्त्री रोजगार कार्यक्रम : विपन्न बेरोजगारले पाउँदैनन् काम, विदेशबाट फर्किएकालाई 'छेपारोको कथा'

नेपाल लाइभ

काठमाडौं

काठमाडौं- सिन्धुलीका रामनारायण धामी दैनिक गुजारा चलाउन ज्यामी काम गर्छन्। ज्यामी काम पनि गाउँमा नपाएपछि उनी काम खाेज्न काठमाडौं छिरेका छन्।

सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् काम पाइन्छ भन्ने सुनेका उनले सो कार्यक्रममा आफू कसरी सहभागी हुने भन्नेसमेत बुझेका छैनन्। बरु चिनेजानेको मान्छे कोही छ भने सो काम पाइन्छ भन्ने हल्लाचाहिँ उनको कानमा परेको थियो। 

‘त्यो के कार्यक्रम हो आएको छ रे। खानै समस्या हुन थालेपछि अलि अगाडि बुझेको पाइएन। साथीले ठेकेदार चिनेकाले धन्न काठमाडौंमा भए पनि ज्यामी काम पाइयो,’ उनले सुनाए।

दैनिक ज्यालामजदूरी गरेर बिहान बेलुका छाक टार्दै आएका भक्तपुरका गणेशकुमार प्रजापतिलाई सधैँ काम नमिल्दा कहिलेकाहीँ छाक टार्न पनि मुस्किल पर्छ। सिजनमा भक्तपुरतिरै खेतबारीमा काम गर्छन्। सिजन सकिएपछि ज्यामी काम। तर एक दिन काम पाए ३ दिन बेरोजगार बस्नुपर्छ। यसरी बेरोजगारी समस्यामा परेकाहरुका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउँदैछ भन्ने सुनेका उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी भने पाएका छैनन्। 

प्रकाशित मिति: : 2020-11-13 09:10:00

प्रतिकृया दिनुहोस्