दुई महिलालाई बलात्कार गरेकाे आराेपमा एक पुरुष पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका ४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ ।

शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई बाँसको झाडीमा लगेर यही  कात्तिक २० गते बलात्कार गरेको पीडितले बताए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । 

 यसैगरी अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका ४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ ।

एक्लै देखेर मौका छोपी नियन्त्रणमा लिई करकापमा पारी कात्तिक २३ गते आरोपितले उसमान मियाँको आँपको बगैँचामा बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन् ।

आरोपित हालसम्म पक्राउ परेका छैनन् ।

प्रकाशित मिति: : 2020-11-13 09:08:00

प्रतिकृया दिनुहोस्