प्रधानमन्त्री ओली शीतल निवासमा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनी शीतल निवास पुगेका हुन्।

केही समय अगाडि पुगेका ओली राष्ट्रपति कार्यालयमै रहेकाे स्राेतले जनाएकाे छ। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली शितल निवास पुगेपछि मन्त्रिपरिषद् बैठकएक घण्टा पर सारिएको छ। सचिवालय बैठक बोलाइएकै समयमा उनले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने बताएका थिए। 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् एक घण्टा स्थगित गरेपछि सचिवालय बैठक बस्ने सम्भावना देखिएको छ।

प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गरेका छन्। ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ’, प्रवक्ता भनेका छन्। गत शुक्रबार बसेको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो।

तर, त्यही समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एकै समयमा सचिवालय र मन्त्रिपरिषद् बोलाइएपछि शनिबारयता लगातारको भेटवार्तापछि पनि सहमति जुट्न नसकेको संकेत दिएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक बोलाउनुपर्ने पक्षमा छन्। तर, प्रधानमन्त्री ओली भने सचिवालय बैठक स्थगित गर्नुपर्ने पक्षमा छन् 

प्रकाशित मिति: : 2020-11-18 11:15:00

प्रतिकृया दिनुहोस्