धादिङमा ट्रकको ठक्करबाट बालकको मृत्यु

धादिङमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ। 

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको १२ चक्के ट्रकले ठक्कर दिँदा धुनिवेशी नगरपालिका–८ स्थित खानीखोला ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो।

ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ। 

 दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन्।

प्रकाशित मिति: : 2020-11-18 19:29:00

प्रतिकृया दिनुहोस्