अमेरिकामा कोभिड-१९ बाट २,५०,०० को मृत्यु, तैपनि रोकिएन 'कोभिड राजनीति' 

डा. प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

 

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ। यो संख्या अमेरिकामा एक वर्षमा आत्महत्या, हृदयाघात र सवारी दुर्घटनाबाट मर्नेको संख्याभन्दा बढी भएको बताइएको छ। यो डरलाग्दो संख्याले विश्वकै एक मात्र महाशक्ति राष्ट्र भनिने अमेरिकाको हालत पातलो भएको छ। यद्यपि, फोहोरी कोभिड राजनीति थामिएको छैन।

यो साता अमेरिकामा कोभिड १९ लाई लिएर मिश्रित समाचार आएका छन्। एकातिर कोरोना कहर दोस्रो चरणमा प्रवेश गर्दा दिनको दुईलाख हाराहारीमा संक्रमित भैरहेका छन्। मृतक संख्याको ग्राफ पनि उकालो लागेको छ। अर्कोतिर दुई कम्पनी फाइजर र मर्डोनाले कोभिड १९ को खोप तयार भएको र यिनीहरूको सफलता ९५ प्रतिशत रहेको दावी गरेका छन्।

उनीहरूले तयार गरेका खोप अब कहिलेदेखि कसरी आम अमेरिकीमा पुग्छन् ? त्यसलाई लिएर राजनीति शुरू भएको छ। राष्ट्रपति ट्रम्पले डेमोक्रेट राज्य र नगरलाई खोप नदिने योजना बनाइरहेका छन्। उनले नीलो राज्य न्युयोर्कलाई त नदिने भनेर बोली नै सके।  उता, नवनिर्वाचित राष्ट्रपति बाइडनले कोभिड १९ विरूद्ध कार्यदल नै बनाएर तयारी गरिरहेका छन्। तर, यो कार्यदललाई आवश्यक सूचनामा समेत बन्देज लगाएर ट्रम्पले असहयोग गरिरहेका छन्।  

कोभिड-१९ लाई हेर्ने दृष्टिकोण को आधारमा अमेरिका लगभग दुई फ्याकमा बाँडिएको छ। कोरोनालाई 'होक्स' भन्नेहरू मास्क पनि लगाउँदैनन्, सामाजिक दूरी पनि कायम गर्दैनन्। उनीहरू मूलत: डाइहार्ट ट्रम्प समर्थक भनेर चिनिन्छन्। उनीहरूको नजरमा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने कोभिड-१९ लाई मुद्दा बनाएर ट्रम्पलाई हराउने अमेरिका फस्ट विरोधी हुन्। 

राष्ट्रपति ट्रम्प कोभिड-१९ कै कारण आफू पराजित भएको ठान्छन्। उनी अहिले पनि आफूलाई सुनियोजित रूपमा हराउन यो चिनिया भाइरस प्रयोग भएको ठान्छन्। तर, डेमोक्रेट्सहरू ट्रम्पको गलत नीति र विज्ञानविरोधी सोच र कोणकै कारण अमेरिका कोरोनाको इपिसेन्टर भएको बताउँछन्। 

ठ्याक्कै त्यस्तो नभए पनि डेमोक्रेटले कोभिड-१९ लाई जति गम्भीरताका साथ लिन्छन्, रिपब्लिकनले त्यति गम्भीरताका साथ लिएको देखिदैनन्। डेमोक्रेटसहरू पहिला मान्छेको जीवन भन्छन्, त्यसपछि अर्थतन्त्र तर रिपब्लिकनहरूको प्राथमिकता ठीक उल्टो छ। 

राष्ट्रपति ट्रम्प कोभिड-१९ कै कारण आफू पराजित भएको ठान्छन्। उनी अहिले पनि आफूलाई सुनियोजित रूपमा हराउन यो चिनिया भाइरस प्रयोग भएको ठान्छन्। तर, डेमोक्रेट्सहरू ट्रम्पको गलत नीति र विज्ञानविरोधी सोच र कोणकै कारण अमेरिका कोरोनाको इपिसेन्टर भएको बताउँछन्। 

कोरोना कहरको दोस्रो चक्रसँगै अमेरिकी जनजीवन फेरि नराम्ररी प्रभावित हुन थालेको छ। खुलेका विद्यालय, स्टोर, रेष्टुरा लगायतका व्यवसाय पनि बन्द गरिन थालेका छन्। बेरोजगारी मात्र बढेको छैन, अपराधको ग्राफ पनि उकालो लागेको छ।

नवनिर्वाचित राष्ट्रपति बाइडनको  लागि कोरोना कहर नै चुनौतिका रूपमा तेर्सिने निश्चितप्राय: छ। उनले कसरी यसबाट पार लगाउने हुन् ?, अहिले नै यसै भन्न सकिने अवस्था छैन। 

 

 

प्रकाशित मिति: : 2020-11-19 06:15:00

प्रतिकृया दिनुहोस्