कोरोना परीक्षणमा नयाँ खेल : नि:शुल्क गर्नुपर्ने सरकारी ल्याबले परीक्षण घटाए, निजीमा मारामार !

Breaknlinks
तस्बिर : लोकान्तर
प्रकाश आचार्य

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको कोभिड–१९ जाँच गर्ने पीसीआर ल्याबमा अहिले दैनिक करीब २ सयवटा मात्र स्वाब जाँच भइरहेको छ ।

दैनिक झण्डै ४ सयभन्दा बढी स्वाब जाँच गर्दै आएको प्रयोगशालामा आधाभन्दा कम स्वाब जाँच भएको हो । तर, कोरोना संक्रमण घटेर कम जाँच भएको चाहिँ होइन । 

प्रदेश सरकारले संक्रमितको सम्पर्कका आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ नगर्दा लक्षण देखिएर आफ्नै जाँच गर्न खोज्नेहरू सरकारी प्रयोगशालामा नगई निजीतिर जान थालेका छन् ।

सरकारी प्रयोगशालामा रिपोर्ट दिन ढिलाइ गर्छन् ।

सरकारी अस्पतालमा स्वास्थ्य उपचार सेवाजस्तै प्रयोगशालामा कोरोना जाँचमा पनि सकेसम्म सेवाग्राहीलाई निरुत्साहित गर्ने क्रम देखिन थालेको छ । 

यसले राज्यले ठूलो लगानी गरेको प्रयोगशाला सुस्ताउँदै निजी प्रयोगशालाको प्रोत्साहनमा सरकार नै लागेको देखिन्छ । कुनै बेला पीसीआर जाँच गर्न भ्याइनभ्याइ हुुने प्रयोगशालाहरूलाई फुर्सद दिएर राखिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अस्पतालमा प्रायः उपचारका लागि आएका शंकास्पद र भर्ना गर्नुपर्ने बिरामीको स्वाब जाँच भइरहेको बताए । 

प्रकाशित मिति: : 2020-11-20 11:08:00

प्रतिकृया दिनुहोस्