‘विप्लव’ समूहका तीन विद्यार्थी नेता पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर ३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका ४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेका छन्।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-21 13:59:00

प्रतिकृया दिनुहोस्