मदिरा सेवन गरेका युवककाे भिरबाट लडेर मृत्यु

प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

प्युठान नगरपालिका २ क्वाडी २० वर्षीय राहुल घर्तीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता पोषण ढकालले बताए।  

उनका अनुसार शनिबार दिउँसो झुलेनी भन्ने ठाउँबाट घर फर्किने क्रममा: घर्तीको रातेपोखरीमा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियाे।

घर्तीको शव झन्डै एकसय ५० मिटर तल खोस्सामा फेला परेको थियाे।

मदिरा सेवन गरेका कारण सन्तुलन गुमाएर उनी भिरबाट लडेको अनुमान प्रहरीको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-11-22 14:57:00

प्रतिकृया दिनुहोस्