पुच्छर निमोठेको निमोठ्यै छु, मुख्यमन्त्रीको हुटहुटीले मात्र नहुँदो रहेछ !

तस्बिर : अनलाइनखबर

अमृत सुवेदी

संघीय सरकारभन्दा अगाडि सरेर लकडाउन घोषणा गरेको गण्डकी प्रदेश सरकारले क्वारेन्टिन, आइसोलेसन, अस्पताल घोषणालगायतमा अगुवा नै बन्यो । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारमा गण्डकी एक नम्बरमा रहहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी थियो ।

तर मुख्यमन्त्रीलाई तब प्रश्न उठ्न थाल्यो, जब नागरिकले त्यो महसुस गरेनन् । संक्रमण बढेको बेला पनि परीक्षणको दायरा बढाउन नसकेको, अस्पताल व्यवस्थापनमा चुकेको गुनासो बढ्न थालेको छ ।

प्रदेशमा संक्रमितको संख्या ११ हजार छ । उनीहरुमध्ये १४१ जनाको मृत्यु भइसक्यो भने सक्रिय संक्रमित ४ हजार ६०० छन् । पछिल्लो समय प्रदेश राजधानी पोखरामै संक्रमण बढेको छ र, अक्सिजन सपोर्ट चाहिनेहरुको संख्या पनि थपिएका छन् ।

तर संक्रमित तथा सम्भावित संक्रमितले अस्पतालमा बेड नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । यससँगै मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको छ, ‘सरकार के गरिरहेछ ?’ कोरोना संक्रमणको अवस्था, सरकारको बुझाइ र आगामी रणनीतिबारे मुख्यमन्त्री गुरुङसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः

स्याङ्जाकी धनमाया गुरुङले ६ वटा अस्पताल चाहार्दा पनि बेड नपाएरै ज्यान गुमाउनुपर्‍यो । यो त एउटा उदाहरण हो । यस्तो अवस्थाबारे मुख्यमन्त्रीज्यू, कत्तिको जानकार हुनुहुन्छ ?

ती ६ वटा अस्पताल कुन कुन हुन् ? त्यो भनम् त पहिला ।

प्रकाशित मिति: : 2020-11-22 16:38:00

प्रतिकृया दिनुहोस्