स्पेनमा जनवरीदेखि कोरोनाविरूद्ध खोप लगाउन सुरु, १३ हजार केन्द्र तयार

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले कोरोनाविरूद्धको खोप आउँदो जनवरीदेखि सुरु हुने बताएका छन्। 

पछिल्लो समय कोरोनाबाट निकै प्रभावित स्पेनले खोपका लागि देशव्यापी रूपमा १३ हजार खोप केन्द्र तयार पारेको बताएको छ। साञ्चेजले भने, ‘हामीले आफ्नो तर्फबाट आवश्यक सबै व्यवस्था गरिसकेका छौं। आउँदो जनवरीसम्म खोप लगाउने कार्य सुरु हुने सम्भावना छ।’

उनले तीन महिनाभित्र देशको सबै भागमा खोप उपलब्ध भइसक्ने बताए। स्थानीय समाचारपत्रले युरोपमा जर्मनी र स्पेनमा सबैभन्दा छिटो खोपको कार्य सम्पन्न भइसक्ने बताएको छ। 

जर्मनीले पनि डिसेम्बरको अन्त्यसम्म खोप सार्वजनिक गर्ने बताइसकेको छ।

प्रकाशित मिति: : 2020-11-23 08:20:00

प्रतिकृया दिनुहोस्