रत्नपार्कको नाम परिवर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंस्थित रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाइएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए।

काठमाडौं महानगरपालिकाले राजा महेन्द्रको जीवनसंगीनी रत्नको नाम इतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ। 

काठमाडौं महानगर पालिकालाई यो कार्य तत्काल सच्चाउन मागसमेत गरिएको छ। 

शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझाएका हुन्।

प्रकाशित मिति: : 2020-11-24 13:40:00

प्रतिकृया दिनुहोस्