एनसीबीको टिममाथि मुम्बईमा ड्रग कारोबारीको हमला

मुम्बईमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टिममाथि गोरेगाउँ क्षेत्रमा आक्रमण भएको छ। घटनामा तीन पदाधिकारी घाइते भएको भारतको समाचार एजेन्सीले जनाएका छन्। 

ड्रग्स मुद्धामा छापा हान्न गएको टिमलाई ६०–७० जनाको समूहले एक्कासी हमला गरेका थिए। टिममा क्षेत्रिय निर्देशक समीर वानखेडे पनि समावेश थिए। उनलाई पनि चोट लागेको बताइएको छ। 

वानखेडेका अनुसार एनसीबीको ५ सदस्यीय टिम आइतबार राती ड्रग ओसारपोसार गर्ने केरी मेन्डिसलाई समात्न गएको थियो। 

यतिबेलै आफूहरू माथि केरी र उनको साथीले ढुंगा र डण्डाले हमला गरेको वानखेडेले बताएका छन्। यो घटनामा एनसीबीको टोलीले केरीका लागि काम गर्ने विपुल आगरे, युसुफ शेख र अमीन अब्दुललाई पक्राउ गरेको छ।

समातिएका तीन जनालाई १४ दिनको न्यायीक हिरासतमा पढाइएको छ। यिनीहरूबाट ठूलो परिमाणमा एलएसडी ड्रग्स बरामद भएको छ। शुक्रबार समातिएका दुई ड्रग डिलर्सबाट केरीको जानकारी प्राप्त भएको थियो। 

श्रोतका अनुसार केरीसँग धेरै बलिउडकर्मीको सम्पर्क छ। एनसीबीले अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि ड्रग्सको छानवीन गरिरहेको छ। हालसम्म दुई दर्जन मानिस पक्राउ परिसकेका छन्।

प्रकाशित मिति: : 2020-11-24 19:01:00

प्रतिकृया दिनुहोस्