नेप्से झण्डै ६५ अंकले बढ्याे

बिएल संवाददाता

काठमाडाै‌ं

साताको चौथो दिन बुधबार शेयरबजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ। आज नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ।

सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३३ अंकमा पुगेर बन्द भएको छ। 

दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदविक्री भएको छ।

कारोबारमा आएका समूह मध्ये होटल समूहको सूचक मात्रै घटेको छ। बाँकी सबै समूहका सूचक बढेका छन्। 

उत्पादन तथा प्रशोधन समूह ७ दशमलव ३२ प्रतिशत, अन्य समूह ६ दशमलव ७२ प्रतिशत, लघुवित्त समूह ३ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूह ३ दशमलव ३१ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, विकास बैंक समूह १ दशमलव ३७ प्रतिशत, फाइनान्स समूह १ दशमलव ७२ प्रतिशत, जलविद्युत समूह १ दशमलव ७१ प्रतिशत, जीवन बीमा समूह १ दशमलव ७४ प्रतिशत र म्युचुअल फण्ड समूह १ दशमलव ३५ प्रतिशतले बढेको छ।

बुधबार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्सको संस्थापक शेयरको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँ बढीको कारोबार भएको छ।

यस्तै दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। जसको २९ करोड ४४ लाख ८१ हजार रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २३ करोड १९ लाख ४८ हजार रुपैयाँको शेयर खरिदविक्री भएको छ।

एनएमबि माइक्रोफाइनान्सक कम्पनीका शेयरधनी र बिशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। नेपाल दुरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट लगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले कमाएका छन्।

प्रकाशित मिति: : 2020-11-25 16:07:00

प्रतिकृया दिनुहोस्