चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री

Breaknlinks
Breaknlinks

पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार  चिनियाँ तीन कन्टेनरले नेपालसम्म सामग्री ल्याएका छन् ।

चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा राखी सुख्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था गरिएको  भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।  

तातोपानी भन्सार कार्यालयबाट यसअघि थौरै मात्रामा मात्र सामान आयात भएको भनी व्यापारीले गुनासो गर्दै आएका थिए । नाका सञ्चालनका विषयमा नेपाल–चीनबीचको छलफलमा चीन पक्षले कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानीबारे पटकपटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताए ।

गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । चिनियाँ कन्टेनरले सामग्री ल्याइदिने हुँदा अब नेपाली व्यापारीका सामग्री आउने आशा गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: : 2020-11-25 20:33:00

प्रतिकृया दिनुहोस्